नेपाली कांग्रेसका उपसभापति एवं पूर्बउप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालमा एमाले र माओबादी भन्ने पार्टीको अस्तित्व नै समाप्त भएको बताएका छन्। कांग्रेस उपसभापति निधिले भने ‘नेपालमा एमाले र माओवादी भन्ने पार्टीको अस्तित्व नै समाप्त भएको छ।’
नेपाल प्रेस युनियन रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले लामो संघर्षको उपलब्धीस्वरुप प्राप्त सरकार संघीयता कमजोर बनाउने खेलमा सरकार आफैं लागेको आरोप लगाए।
नेता निधिले समृद्ध मुलुकको नारा दिदै भ्रम छरेर संघीयतालाई कमजोर बनाउने सरकारको प्रपञ्चबारे लोकतन्त्रबादीहरु सचेत हुनुपर्नेमा जोड दिए।
संघीयतालाई कमजोर बनाउन उद्यत सरकारमा सहभागी दलहरुले संविधान लखेनका बेलादेखि नै बहुलबादलाई स्वीकार गर्न आनाकानी गरेको स्मरण गराउँदै नेता निधिले अहिले आएर सरकारका मन्त्रीहरु कानुन बनेन र केही गर्न सकिएन भनेर जिम्मेवारीबाट पन्छिन खोज्नु लज्जाको विषय भएको बताए।
संघीयताको मर्म र भाबना बिपरित सरकारले तल्लो तहको अधिकार खोसेर प्रधानमन्त्री कार्यालयमा सीमित गराएको उनको भनाई थियो। आफ्नो बिरोध गर्ने संचार माध्यमको मुख थुन्नका लागि सरकारले मिडिया काउन्सिल बिधेयक अघि बढाएको स्मरण गर्दै कांग्रेस उपसभापति निधिले त्यसलाई अधिनायकबादी शैलीमा मुलुकलाई अघि बढाउने सरकारी चालबाजी भएको बताए।
पछिल्लो समय चुलिँदै गएको सिमा विवादका विषयमा सरकारले उच्चस्तरीय कुटनीतिक पहल गर्नु पर्नेमा सरकार जिम्मेवार बन्न नसकेको उनको आरोप थियो। भारत र चिनले मिचेको सिमानालाई राष्ट्रिय सहमतिका आधारमा कुटनीतिक ढंगबाट समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
पार्टीमा रहेको गुट उपगुटका बारे पत्रकारहरुको प्रश्नको जवाफमा कांग्रेस उपसभापति निधिले त्यस्तो कुनै गुट उपगुट नभएको दाबी गर्दै लोकतन्त्रमा प्रतिस्पर्धी हुनु स्वभाबिक भएको उल्लेख गरे।
यसैबीच, उपसभापति निधिले नेपाली कांग्रेस रामेछापद्धारा सदरमुकाममा कार्यकर्ता भेटघाट गरेका छन्। सो अबसरमा निधिले स्थानीय तहमा भए गरेका विकास निर्माणको बारेमा खबरदारी गर्न निर्देशन दिए। कार्यक्रम पार्टी सभापति लबश्री न्यौपानेको अध्यक्षतामा भएको थियो।