नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले नेपाली भूमि अतिक्रमणको विरोधमा माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा 'गो ब्याक इन्डिया र गो ब्याक चाइना'को नारा लागेको छ ।
भारत र चीनले दुवैतर्फबाट नेपाली भूमि अतिक्रमण गरेकाले प्रदर्शनकारीहरुले नेपाली भूमि छोडेर पछि हट्नुपर्ने माग गरे ।
माइघरमा नाराबाजीसहित युवा तथा विद्यार्थीको ठूलो उपस्थिति छ ।