सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपराह्न बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्थाबारे छलफल हुनुका साथै सरकार र पार्टीमा जिम्मेवारी बाँडफाँडबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण पुनः गर्ने चर्चा चलिरहेको बेला सचिवालय बैठकले सरकार र पार्टीको जिम्मेवारीका विषयमा टुंगो लगाउने जनाइएको छ ।
बैठकले पोलिटब्युरो गठनको प्रक्रियालाई पनि अगाडि बढाउने सम्भावना छ ।