नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस विना मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् ।राजा र राणा समेत ढालेको कांग्रेसले बर्तमान सरकारलाई समेत खबरदारी गर्न सक्ने ताकत रहेको बताए । उनले जनता र मुलुकका लागि कांग्रेस अझै संघर्ष गर्न तयार रहेको बताए ।
शनिवार रामेछापस्थित रेडियो तामाकोशीको दोस्रो साधारण सभा तथा साँस्कृतिक कार्यक्रममा बाेल्दै नेता निधिले सरकार आफैँ संघियता कमजोर बनाउने खेलमा लागेको आराेप लगाएका छन् ।
सरकार यतिबेला संविधा, संघीयता, लोकतन्त्र र प्रेस स्वतन्त्रताको विपक्षमा रहेकाे साथै बहुलबादलाई स्वीकार गर्न नसकी एकदलिय अधिनायकबादमा उन्मुख भएको निधिकाे भनाइ थियाे ।
सिमा विवादका विषयमा सरकारले उच्चस्तरीय कूटनीतिक पहल गर्नु पर्नेमा सरकार जिम्मेवार बन्न नसकेको आरोप समेत लगाए ।
जनताले चाहेको राजनैतिक अधिकार र विकासको अधिकार कांग्रेसकै योगदानको उपलब्धी रहेको बताउदै उनले पछिल्ला दिनहरुमा देखिएको सबैखाले विकास कांग्रेसकै नीतिको उपलब्धी रहेको बताए । साथै उनले कांग्रेस विगतकाे पाठ सिकेर सुधार गर्दै अगाडि बढेकाे पनि बताए ।