सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
नेविसंघको क्याम्पस एकाइ कार्य समितिले क्याम्पस प्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बता । आर्थिक अनियमितताको आरोपसहित नेविसंघले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आंगीक क्याम्पसको मान्यता पाएको बाजुरा क्याम्पस राजनीति गर्ने अखडा बनेको र क्याम्पस प्रशासनले सामान खरिदमा आर्थिक अनियमितता गरेको आरोपसहित नेविसंघले बिहीबार तालाबन्दी गरेको हो ।