व्यापारिक घराना ज्योति समूहका सदस्य रूप ज्योति र उनको परिवारविरूद्ध दिएको जाहेरी फिर्ता लिने जाहेरवाला विज्ञेन्द्रकृष्ण मल्लको निवेदनमाथि प्रहरीले अनुसन्धान थालेकाे छ ।
प्रहरीले जाहेरवालले अन्यायमै परेर जाहेरी दिएका थिए कि नपरी जाहेरी दिएका थिए भन्नेबारे अनुसन्धान थालेकाे हाे ।रूप ज्योतिमाथि अदालतले अनुसन्धान गर्न दिइएको पाँच दिन म्यादभित्रै प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझाइसक्नुपर्ने छ।
जाहेरी फिर्ता लिन उनले निवेदन दिएपछि अनुसन्धान गर्न भन्दै सरकारी वकिल कार्यालयले प्रहरीलाई सक्कल मिसिलसहितका कागजात पठाएको थियाे।
जाहेरवालले दिएको निवेदनका सम्बन्धमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा प्रहरी प्रतिवेदनसहितको सक्कल मिसिल पठाइएकाे छ ।मल्लले जाहेरी फिर्ता गरीपाउँ भन्ने निवेदन बुधबार सरकारी वकिल कार्यालयमा दिएका थिए।
भोलि अदालतले दिएको म्याद सकिदैछ।त्यस कारण ज्योतिमाथि दिइएको अनुसन्धान गर्ने म्याद थप्नु अघि नै सरकारी वकिलले मुद्दा चलाउने या नचलाउने निर्णय गरीसक्नुपर्ने छ ।