हिन्दु राष्ट्रको मागसहित राप्रपा (संयुक्त) ले जनकपुरबाट धार्मिक जागरण यात्रा आरम्भ गरेको छ ।
जानकी मन्दिर प्रांगणबाट बिहीबारबाट सुरु जागरण यात्रा चितवनको वाल्मीकि आश्रम हुँदै गौतम बुद्ध जन्मस्थल लुम्बिनी पुगेर मंसिर ४ गते समापन हुनेछ ।
जागरण यात्रा आरम्भका लागि जनकपुर पुगेका केन्द्रीय अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले विश्वको एकमात्र हिन्दु राष्ट्र रहेकाले पुनः हिन्दु राष्ट्र नै स्थापना गराउन जनकपुरदेखि लुम्बिनीसम्म पहिलो चरणको यात्रा सुरु गरिएको जानकारी दिए ।
राणाले नेपालको धर्म, संस्कृतिमाथि प्रहार गरी धर्म निरपेक्षता घोषणा गरिएको बताउँदै पुनः हिन्दु धर्म स्थापनार्थ जनकपुरदेखि लुम्बिनीसम्म जागरण यात्रा निकालिएको बताए । जागरण यात्रामा चलचित्र अभिनेत्री रेखा थापा पनि सहभागी थिइन् ।