Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, December 16, 2019 | सोमबार, मंसिर ३०, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
सरकारको अधिनायकवादी चरित्रबारे जनतालाई सुसूचित गर्न देशब्यापी प्रशिक्षण चलाइएको उपसभापति निधिको भनाई
स्पेसखबर
स्पेसखबर हेटौंडा, २७ कात्तिक
सरकारको अधिनायकवादी चरित्रबारे जनतालाई सुसूचित गर्न देशब्यापी प्रशिक्षण चलाइएको उपसभापति निधिको भनाई

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक प्रणाली बिफल बनाउने गरी बर्तमान सरकारले एकदलीय तानाशाही व्यबस्था लाद्न खोजेको आरोप लगाएका छन्।

नेपाली कांगेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौँडामा गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको बुधबार आयोजित समापन कार्यक्रममा कांग्रेस उपसभापति निधिले संवैधानिक प्रणालीलाई कमजोर पार्ने, राज्यका अंगहरुमाथि नियन्त्रण गर्न खोज्ने, सी विचारधाराबारे प्रशिक्षण चलाउने लगायतका गतिविधिले देशलाई अधिनायकवादतर्फ उन्मुख गराउन खोजेको प्रष्ट हुने बताए।

यस्ता अधिनायकवादी चरित्रबारे जनतालाई बेलैमा सुसुचित गर्न कांग्रेसले देशब्यापी प्रशिक्षण कार्यक्रम संचालन गरेको उनको भनाई थियो। प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत रहेका उपसभापति निधिले तल्लो तहसम्म प्रशिक्षण संचालन गर्दै सरकारका गलत कार्यबारे कांग्रेसका सदस्य र जनतालाई सुसुचित गर्न आग्रह समेत गरे।

सरकारको गतिबिधिका कारण परिबर्तनका एजेण्डामाथि नै खतरा आएको निधिले बताए। उनले संवैधानिक व्यवस्था अनुसार तल्लो तहका सरकारलाई अधिकार दिनु पर्नेमा तिनका अधिकार खोसेर प्रधानमन्त्री कार्यालयमा केन्द्रिकृत गराएको उल्लेख गरे।

नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोतम दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रतिनिधिसभा सदस्य एवं नेपाल महिला संघकी सभापति उमा रेग्मी, नेपाली कांग्रेसकी प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घले, प्रदेशसभा सदस्यहरु नरोत्तम बैद्य, सन्तबहादुर चेपाङ, विजुला बर्मा, प्रभात तामाङ लगायतको सहभागिता रहेको थियो।

मंगलबारेखि शुरु भएर बुधबार सम्पन्न दुईदिने प्रशिक्षणमा रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६, ०८:१९:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • जनकपुरका २ स्थानमा संकास्पद बस्तु फेला
  • एकीकरण नेकपालाई ‘निल्नु न ओकल्नु’, प्रतिवेदनमै अध्यक्षद्वयले भने– पार्टी संस्थागत छैन, गुट झाँगिदै जान थालेका छन्
  • प्रजातन्त्र सेनानी नायकको निधन
  • आजदेखि भद्रपुर–ताप्लेजुङ उडान शुरु
  • पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात
  • पीपीएल क्रिकेटमा आज २ खेल हुँदै
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
एकीकरण नेकपालाई ‘निल्नु न ओकल्नु’, प्रतिवेदनमै अध्यक्षद्वयले भने– पार्टी संस्थागत छैन, गुट झाँगिदै जान थालेका छन्
एकीकरण नेकपालाई ‘निल्नु न ओकल्नु’, प्रतिवेदनमै अध्यक्षद्वयले भने– पार्टी संस्थागत छैन, गुट झाँगिदै जान थालेका छन्
नेकपाको निष्कर्ष : पार्टी संस्थागत छैन, गुट झाँगिन थाले
नेकपाको निष्कर्ष : पार्टी संस्थागत छैन, गुट झाँगिन थाले
उत्तर कोरियाली लगानी नेपालमा  पूरै बन्द
उत्तर कोरियाली लगानी नेपालमा पूरै बन्द
सिन्धुपाल्चोक बस दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त
सिन्धुपाल्चोक बस दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त
कांग्रेसको भातृसंस्थामा मुस्लिम संघ अगाडि
कांग्रेसको भातृसंस्थामा मुस्लिम संघ अगाडि
बाँचुन्जेलसम्म मानव अधिकारका लागि काम गर्छु : अध्यक्ष शर्मा
बाँचुन्जेलसम्म मानव अधिकारका लागि काम गर्छु : अध्यक्ष शर्मा
  • ताजा समाचार
  • ट्रेण्डिङ
जनकपुरका २  स्थानमा संकास्पद बस्तु फेला
जनकपुरका २ स्थानमा संकास्पद बस्तु फेला
एकीकरण नेकपालाई ‘निल्नु न ओकल्नु’, प्रतिवेदनमै अध्यक्षद्वयले भने– पार्टी संस्थागत छैन, गुट झाँगिदै जान थालेका छन्
एकीकरण नेकपालाई ‘निल्नु न ओकल्नु’, प्रतिवेदनमै अध्यक्षद्वयले भने– पार्टी संस्थागत छैन, गुट झाँगिदै जान थालेका छन्
प्रजातन्त्र सेनानी नायकको निधन
प्रजातन्त्र सेनानी नायकको निधन
आजदेखि भद्रपुर–ताप्लेजुङ उडान शुरु
आजदेखि भद्रपुर–ताप्लेजुङ उडान शुरु
पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात
पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात
पीपीएल क्रिकेटमा आज २ खेल हुँदै
पीपीएल क्रिकेटमा आज २ खेल हुँदै
नेकपाको निष्कर्ष : पार्टी संस्थागत छैन, गुट झाँगिन थाले
नेकपाको निष्कर्ष : पार्टी संस्थागत छैन, गुट झाँगिन थाले
धनुषा बम विस्फोटमा ‘आर्थिक लेनदेन’ कारक
धनुषा बम विस्फोटमा ‘आर्थिक लेनदेन’ कारक
सागमा स्वर्ण पदक जित्ने हरेकलाई ९ लाख दिने सरकारको घोषणा, सबैभन्दा धेरै गाैरिकाले पाउने! 1
सागमा स्वर्ण पदक जित्ने हरेकलाई ९ लाख दिने सरकारको घोषणा, सबैभन्दा धेरै गाैरिकाले पाउने!
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ 2
१० लाख घुससहित सडकका दुई इन्जिनियर बानेश्वरबाट पक्राउ
पूर्व युवराज पारसकी छोरी पूर्णिकाले भनिन्– राष्ट्र हराए हाम्रो पहिचान रहन्न 3
पूर्व युवराज पारसकी छोरी पूर्णिकाले भनिन्– राष्ट्र हराए हाम्रो पहिचान रहन्न
सभामुखमा नेम्बाङ, राष्ट्रिय सभा अध्यक्षमा दीनानाथ शर्मा 4
सभामुखमा नेम्बाङ, राष्ट्रिय सभा अध्यक्षमा दीनानाथ शर्मा
पौडेल पक्ष अनुपस्थित भए पनि कांग्रेस बैठक शुरु 5
पौडेल पक्ष अनुपस्थित भए पनि कांग्रेस बैठक शुरु
सूचना - प्रविधि थप
सामाजिक सञ्जाल बन्यो चरित्र हत्या गर्ने माध्यम सामाजिक सञ्जाल बन्यो चरित्र हत्या गर्ने माध्यम
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP