कपिलबस्तुकाे शिवराज नगरपालिका वडा नं. १० को अध्यक्ष पदमा १२ जनाको उम्मेदवारी परेको छ।
यहि मंसिर १४ गते वडा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा बुधबार १२ जनाले मनोनयन दर्ता गराएको मुख्य उपनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अध्यक्षका लागि नेपाली कांग्रेसबाट देवराज भारती, नेपाल कम्युनिष्ट पार्टीबाट अदालत मनिहार, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मन्जु मिश्र, जनमत पार्टीबाट महोम्द हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहारको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए।
उम्मेदवारको विरोधमा उजुरी दिने कात्तिक २८ गते, मनोनय पत्र र उजुरी उपर जाँचबुझ कात्तिक २९ गते, उम्मेदवारको नामावली प्रकाशन कात्तिक २९ गते, उम्मेदवारले नाम फिर्ता लिने कात्तिक ३० गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन कात्तिक ३० गते, उम्मेदवारलाई निर्वाचन चिन्ह मंसिर १ गते प्रदान गर्ने कार्यक्रम छ।