भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्ने बताएकी छन् । वीरगन्जमा बुधबार आयोजित पार्टी कार्यकर्ता भेटघाटमा उनले लिपुलेक, कालापानी नेपालकै नक्सामा राखिसकेको बताइन् ।
भारतले नयाँ नक्सा निर्माणमा नेपालको लिपुलेक पनि उतै राखेको सन्दर्भलाई संकेत गर्दै अर्यालले भनिन्, 'लिम्पियाधुराको सवालमा प्रमाणहरु जुटाउँदै गरेको छ । लिपुलेक र कालापानी नेपालको नक्सामै राखिसकियो ।' आफ्नो भूमि जोगाउन सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।