नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले बुधबार पनि भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर क्याम्पसको आयोजनामा नेपालटार, बाइपास, माछा पोखरी क्षेत्रमा भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरिएको हो ।
निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा गरिएको भारतीय हस्तक्षेपविरुद्धको प्रदर्शनमा नीरञ्जन थापा, ईश्वर अधिकारी, पवन थापा, सन्तोष गुरुङ, सुवास घिमिरे, स्वेच्छा उप्रेती, ठाकुरप्रसाद नेपाल, लक्ष्मी सिलवाल, सौरभ घिमिरे, प्रदीपजंग शाह, भीम अधिकारीलगायत विद्यार्थी र स्थानीय बासिन्दा सहभागी भएका थिए ।
यस्तै नेपालटार ग्रामीण र एनआर कलेजबाट सुरु भएको प्रदर्शन बालाजु परिक्रमा गरी क्याम्पसमै पुगेर समापन भएको थियो । भारतले नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेविसंघ काठमाडौंका विभिन्न स्थानमा दिनहुँ प्रदर्शन गर्दै आएको छ ।