नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले भारतीय हस्तक्षेपकाविरुद्ध मंगलबार पनि प्रदर्शन गरेको छ । नेविसंघ काठमाडौ बिहान चाबहिल क्षेत्रमा भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा 'सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो !' जस्ता नारा लगाइएका थिए ।
नेविसंघ काठमाडौं अध्यक्ष मनोज वैद्यको नेतृत्वमा पशुपति क्याम्पसबाट सुरु विरोध र्याली चाबहिल परिक्रमा गरी क्याम्पसमै पुगेर समापन भएको थियो ।
भारतले गत आइतबार नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेविसंघ काठमाडौंका विभिन्न स्थानमा दिनहुँ प्रदर्शन गर्दै आएको छ ।