महानगरीय ट्राफिक प्रहरी महाशाखाले अाजदेखि चार दिन रिङरोडभित्र ठूला सवारी नचलाउन अनुरोध गरेको छ ।
बंगलादेशका राष्ट्रपति अब्दुल हमिद तीन दिने नेपाल भ्रमणको सिलसिलामा भोलि नेपाल आउँन लागेको हुँदा ट्राफिक व्यवस्थापनमा आवश्यक सहयोग पुर्याउन प्रहरीले अनुरोध गरेको हो ।
साथै वैकल्पिक सडकको प्रयोग गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ । ट्राफिक सम्बन्धी समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हटलाइन १०३ प्रयोग गर्न महाशाखाले अनुरोध गरेको छ ।बंगलादेशका राष्ट्रपति हमिद तीन दिने नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।