नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भनी जारी गरेको नयाँ नक्साको विरोधमा लैनचौरस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन जान लागेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ।
भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरी त्रिचन्द्र कलेजमा भेला भएका ‘विप्लव’ का कार्यकर्तालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।
‘विप्लव’ समूहका गतिबिधिमाथि सरकारले प्रतिबन्ध लगाएको छ। यसअघि हिजो आइतबार पनि प्रहरीले ‘विप्लव’ समूहका ४२ विद्यार्थीलाई पक्राउ गरेको थियो।