नेकपाका नेता तथा संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराइले बखेडा खडा गरेर छिमेकीसँग निहूँ नखोज्न भारतलाइ चेतावनी दिएका छन् ।भारतले हालै सार्वजनिक गरेको नेपालसँगको सीमा नक्साको सर्वत्र विरोध भइरहेका बेला मन्त्री भट्टराइले यस्ताे चेतावनी दिएका हुन् ।
सामाजिक संजाल मार्फल आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री भट्टराइले लिम्पीयाधुराबाट उत्त्पती भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा एेतिहासिक तथ्य, प्रमाण, कागजात र जीबित मानिसहरुका भनाईबाट प्रस्ट हुने भन्दै यसमा भारतले निहू खोज्नुको कुनै तुक नभएको उल्लेख गरेका छन् ।
साथै उनले भने, कालापानी , लिपुलेक नेपालले छोड्ने कुरै आउंदैन यसमा सिंगो नेपाल एक छ । मन्त्री भट्टराइले भारत पछी हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानोपन दिनु नै राम्रो हुने सुझाएका छन् ।