नेविसघंका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेस युवा नेता नैनसिहं महरले वर्तमान सरकार बिदेशीको कठपुतली भएको आरोप लगाएका छन्।
नेपाल स्वास्थ्यकर्मी संघको सातौं महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेता महरले देशको अस्मिता र अखण्डता जोगाउन कांग्रेसले सर्वदलीय संवाद शुरु गरेर जनता जगाउनु पर्ने समय आएको बताए।
‘लिपुलेक त्रिदेशीय सीमाक्षेत्रका सवालमा भारत र चीनले नेपाललाई कुनै जानकारी नदिई चोरबाटोबाट सम्झौता गरेकोप्रति अन्धराष्ट्रवादको जगमा बनेको कम्युनिष्ट सरकारले चिनका राष्ट्रपति र भारतका प्रधानमन्त्री नेपाल आउँदा कुनै कुरा समेत उच्चारण गर्न नसक्नुले वर्तमान सरकार दलाली शैलीमा विदेशीको कठपुतली बनेको प्रष्ट हुन्छ’, नेता महरले भने।
उनले शिक्षा र स्वास्थ्य पूर्णरुपले जनताको स्वामित्वमा ल्याउनुपर्नेमा जोड दिए। वर्तमान सरकार निजी मेडिकल कलेज सञ्चालकको प्रभावमा परेर विद्याथीबाट असुलेको थप शुल्क समेत फिर्ता गर्न उदासिन भएको आरोप लगाए।