भारतले नेपाली भूमिलाई आफ्नो सीमाभित्र पारेर नक्सा जारी गरेको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ।
नेविसंघ काठमाडौं र पशुपति कलेज नेविसंघ इकाइको आयोजनामा शुक्रबार विहान चावहिल क्षेत्रमा प्रदर्शन गरिएको हो। भारतले सार्वजनिक गरेको नयाँ नक्साले नेपालको लिपुलेक र कालापानीलाई आफ्नो भूमीमा समेटेपछि नेविसंघले विरोध प्रर्दशन गरेको हो।
नेविसंघले उक्त नक्सा तत्काल खारेज गरेर नेपाली भूमिमाथि दाबी नगर्न दबाब स्वरुप प्रदर्शन गरेको हो।
पशुपति क्याम्पस चाबहिलबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्दावाद’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’, ‘गो ब्याक इण्डिया’लगायतका नारा लगाएका थिए।