अमेरिकाले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडासँग अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा अन्तर्राष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग (यूएसएआइडी) को एसिया विभागका सहायक प्रशासक ग्लोरिया स्टेलीले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले सङ्घीयता कार्यान्वयनमा पनि अमेरिकी सहयोग जारी रहने बताए ।
प्रदेश र स्थानीय तहका सरकारको क्षमता अभिवृद्धिका निम्ति नेपालको विकासका अन्य साझेदारसँगको सहकार्यमा अमेरिकाले सघाउने उनले बताए । -गोरखापत्र दैनिकबाट