पूर्वप्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 'कालापानी र लिपुलेककाे बारेमा नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसँग आज टेलिफाेन संवाद गरेका छन्।
नयाँ नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै देउवाले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएका छन्।
सभापति देउवाले यस्तो महत्वपूर्ण विषयमा दल विशेषको मत भन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकारलाइ आग्रह गरेकाे प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।
भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै पार्टी प्रवक्ताको ट्विट मार्फत कांग्रेसले औपचारिक धारणा सार्वजनिक गरेकाे थियाे। कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे भन्दै कांग्रेसले कुनैपनि भूमि माथि हुने कुनैपनि ढंगको अतिक्रमण अस्वीकार्य रहेकाे प्रष्ट पारेकाे छ।