सरकारले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमा साे कुरा बताएका हुन् ।मंसिर १४ गते प्रदेश, प्रतिनिधिसभा तथा स्थानीय तहको रिक्त ५२ पदमा उपनिर्वाचन हुँदैछ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बाँस्कोटाले भारतले एकपक्षीय रुपमा जारी गरेको राजनीतिक नक्साका बारेमा कुटनीतिक र राजनैतिक रुपमा छलफल हुने बताए ।
सार्वभौमिकताको रक्षाका विषयमा सरकार स्पष्ट रहेको भन्दै उनले भारतले एकपक्षीय रुपमा जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्ने र कुटनीतिक र राजनैतिक रुपमा त्यस यस बिषयमा समाधान खोज्ने बताए ।
एसियाली पूर्वाधार लगानी बैंकबाट विद्युत तिरण प्रणालीलाई स्तरोन्नती तथा विस्तार आयोजनाका लागि प्रस्तावित ११२.३ मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता वार्ता टोली गठन गर्ने निर्णय भएको समेत मन्त्री बाँस्काेटाले बताए ।
नेपाल र जर्मनीबीच कुटनीतिक नियोगमा कार्यरत कुटनीतिक कर्मचारीको परिवारका आश्रित सदस्यलाई रोजगारका लागि अनुमति दिन सम्बन्धीत समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय भएकाे छ । लेखा प्रमुख सेनानी गोपाल प्रसाद सिग्देललाई लेखा महासेनानी दर्जामा पदोन्नती गरिएको छ भने १३ औँ दक्षिण एसियाली खेलकुल २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी पहिलो संशोधन कार्यविधि २०७६ स्वीकृत गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।
मन्त्रिपरिषद्ले नेपाल सरकार प्रदेश र स्थानीय तहबीच बाडफाड हुने प्राकृतिक रोयल्टीको बाडफाडको आधार सिमा मार्गदर्शन बिधि र हिस्सा स्वीकृत गरेको छ ।
मन्त्रिपरिषदकाे १६ निर्णय यस्ता छन् :