आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कपिलबस्तु जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले काम शुरु गरेको छ।
शिवराज नगरपालिका– १० मा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि निर्वाचन हुने भएपछि कार्यालय संचालनमा आएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश लोकजंग शाहले बताए। निर्वाचन मिति निजिकिदै गर्दा निर्वाचन कार्य सम्पादनका लागि कार्यालय संचालन भएको शाहले बताए।
कात्तिक २१ गते मनोनय पत्र दर्ता, उम्मेदवारको सूचि प्रकाशन कात्तिक २७ गते, उम्मेदवारको विरोधमा उजुरी दिने कात्तिक २८ गते, मनोनय पत्र र उजुरी उपर जाँचबुझँ कात्तिक २९ गते, मनोनय भएको उम्मेदवारको नामावली प्रकाशन कात्तिक २९ गते, उम्मेदवारले नाम फिर्ता लिने कात्तिक ३० गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन कात्तिक ३० गते, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान मंसिर १ गते र मतदान मंसिर १४ गते गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचान अधिकारी अयोध्याप्रसाद अधिकारीले बताए।
कार्यालयले मतदान पश्चात मतगणना, नतिजा घोषणा ,विजेता घोषणा लगायतको काम गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।