नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वसभामुख कृष्णबहादुर महराले नेताहरुलाई ढाँटेर गम्भीर भुल गरेको बताएका छन्।
पुर्पक्षका लागि थुनामा पठाएको दुई दिनपछि अध्यक्ष दाहालले पूर्ब सभामुख महराका बिषयमा पहिलो पटक खुलेर बताएका हुन्।
दाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले, ‘मैले नारायणकाजी श्रेष्ठलगायतका केही नेतालाई बुझ्न पठाउँदा पनि महराले ढाट्नु भयो। म आफैं जाँदा पनि ढाट्नुभयो।
उनले महराबाट नैतिक कमजोरी भएको उल्लेख गर्दै अब यस बिषयमा पार्टीका मुख्य नेताहरुले विवाद गर्न नहुने बताए।
यस बिषयमा अदालतले न्यायिक निर्णय गर्ने बिश्वास गर्दै अध्यक्ष दाहालले महराले कानूनी प्रक्रियामा सहयोग गर्नुपर्ने उल्लेख गरे।
संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा छन्।