नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश प्रमुख नियुक्तिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालले जनाएको असन्तुष्टि जायज रहेको टिप्पणी गरेका छन् ।
'पार्टीभित्र छलफल हुनु स्वाभाविक छ,' नेकपा बाँकेको चियापान कार्यक्रममा सहभागी हुन मंगलबार नेपालगन्ज पुगेका दाहालले भने, 'चित्त नबुझे नोट अफ डिसेन्ट लेख्न सकिन्छ ।' नेता नेपालले प्रदेश प्रमुखमा आफ्ना निकटलाई नियुक्ति नगरिएको भन्दै चित्त दुखाएका छन् ।
अध्यक्ष दाहालले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गरिएको दाबी गरेका छन् । उनले पार्टीभित्र त्यसबारे छलफल गरी निर्णय लिएको बताए । ‘असन्तुष्टि जनाउन पाइन्छ। छलफल पनि हुन्छ,’ उनले भने।