प्रमुख सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रदेश प्रमुख हटाइएकाे विषयमा कसैले असन्तुष्टि जनाउनु पर्ने अवस्था नरहेकाे जनाएकाे छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश प्रमुख हटाइएका विषयमा कोही कसैले असन्तुष्टि जनाउनुपर्ने कारण नरहेको बताएका हुन् । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले असन्तुष्टि जनाएको छ नी ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, “संवैधानिक व्यवस्थाअनुसार नै उहाँहरुलाई हटाइएको हो । कसैले असन्तुष्टी जनाउनु पर्दैन ।”
रिक्त रहेका प्रदेश प्रमुख छिट्टै नियुक्त हुनेसमेत उनले विश्वास व्यक्त गरे । “ढिलो गर्ने कुरा छैन, सरकारले छिट्टै निर्णय गर्ला र राष्ट्रपतिले नियुक्त गर्नुहुन्छ ।” संवैधानिकरुपमा नै प्रदेश प्रमुखहरु हटेकाले त्यसमा कोही कसैको असन्तुष्टि रहनुपर्ने कारण नभएको उनको भनाइ छ ।