सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरिएकाेप्रति नेपाली कांग्रेसको आपत्ति प्रकट गरेकाे छ ।
सरकारले आचारसंहिता विपरित उपनिर्वाचनको मुखैमा प्रदेश प्रमुखहरूलाइ हटाइएकाे भन्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति प्रकट गरेका हुन्।
सरकारले गर्नुपर्ने कामलाई छाडेर नगर्नुपर्ने काम गरेकाे कांग्रेसकाे ठहर छ । सरकार असफलताको बाटोतिर लागेको भन्दै प्रवक्ता शर्माले कांग्रेसले यसकाे विराेध गर्ने बताए।
ती सातै जना प्रदेश प्रमुखहरू कांग्रेस नेतृत्वकाे सरकारकाे पालामा नियुक्त भएका थिए । उनीहरूलाइ हटाएर सरकारले घृणित राजनीतिक चरित्र देखाएकाे नेताहरूले बताएका छन् ।