नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेकाे मन्त्रिपरिषद्काे आकस्मिक बैठक स्थगित भएकाे छ। प्रदेश प्रमुख क-कसलाई बनाउँने भन्ने विषयमा सत्तारूढ दल (नेकपा)भित्रै मत बाझिएपछि बैठक स्थगित भएकाे स्राेतले बताएकाे छ।
नेकपा सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखहरुको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद्काे बैठक प्रभावित भएकाे हाे ।मन्त्रिपरिषद्को बैठक सोमबार बिहान ११ः०० बजे बस्ने गरी स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी तय भएको बैठक अन्तिम समयमा स्थगन भएको हो ।
राष्ट्रपतिले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेसँगै नयाँ प्रदेश प्रमुख तयारी गरिएको थियो ।प्रधानमन्त्री ओलीले साँढे ६ बजेका लागि बैठक बाेलाएका थिए।
यसअघि आज बिहान पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको थियो।