प्रधानमन्त्री केपी ओलीको आज तेस्रो डायलासिस गर्ने तय भए पनि त्यसअघि उनी मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन्।
सन्चारमाध्यममा उनले डायलासिस गरिसकेको समाचार आए पनि उनले निवास बालुवाटारमा मन्त्रिपरिषद्को अध्यक्षता गरिरहेको प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन्।
मन्त्रिपरिषद बैठकअघि उनी त्रिवि शिक्षण अस्पताल गई सामान्य स्वास्थ्य जाँच गराएका थिए। बैठकको तयारी हुँदै गर्दा ओली शिक्षण अस्पताल गएका थिए।
प्रधानमन्त्रीको स्वास्थ्यस्थितिका बारेमा विभिन्न अडकालवाजी भइरहेको बेला मन्त्रिपरिषद् बैठक बसेको हो।