नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले कांग्रेस अब तदर्थवादबाट चल्न नसक्ने बताएका छन् ।
पार्टीका भातृ संगठनहरुका तदर्थ समितिहरु गठन गर्न लागिएको तर्फ संकेत गर्दै उनले नेपाली कांग्रेस पार्टी अब तदर्थवादबाट चल्न नसक्ने बताए ।
नेपाल डेमोक्र्या्टिक लयर्स एशोसिएशन प्रदेश नं ५ द्धारा शुक्रबार बुटवलमा आयोजित ‘संबिधान प्राप्तीको यात्रामा नेपाली कांग्रेस’ बिषयक बिचार गोष्ठिमा बोल्दै कांग्रेस नेता कोइरालाले पार्टीबाट कोही नेता कार्यकर्ताहरुलाई अन्याय भएको छ भने अब त्यसो हुन नदिने दृढता समेत व्यक्त गरे ।
नेपालीहरुको महान पर्वहरुको स्मरण गर्दै कांग्रेस नेता कोइरालाले असत्यमाथि सत्यको बिजय भएरै छाड्ने बिस्वास व्यक्त गरे ।
आगामी तीन बर्षमा आम निर्वाचन हुने बताउदै उनले उक्त चुनाबमा पार्टीले स्पष्ट एजेण्डा लिएर जनतासँग जानुपर्नेमा जोड दिए ।
उनले भने ‘सरकारको गलत क्रियाकलापका कारण हामिले चुनाब त जितौला तर कांग्रेसले जनताका आबस्यकताका आधारमा आफ्ना एजेण्डा लिएर जनतामा जानुपर्छ ।’
बिचारको बिषयमा बहस गर्ने क्रममा गुट उपगुट हुन सक्ने भन्दै उनले पदको बाडफाडका लागि गुट उपगुट स्वीकार्य नहुने बताए ।
मुलुक अति राष्ट्रवाद र उग्रराष्ट्रवादको चपेटामा परेको भन्दै उनले गणतन्त्र र लोकतन्त्रमाथि खतरा छ भने त्यो बर्तमान सरकारबाटै रहेको दाबी गरे ।
वाइड वडी प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन पर्यटनमन्त्री रबिन्द्र अधिकारी निर्दोष रहेको भनि अभिव्यक्ति दिएको स्मरण गर्दै कोइरालाले भने–‘रबिन्द्र अधिकारी निर्दोष हुन् भने दोषि को हो ? प्रधानमन्त्रीले भन्नु पर्यो नि ।’ कुन कसुरमा को दोषि र को निर्दोष हो भन्ने निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै उनले प्रधानमन्त्री अख्तियारको प्रमुख र प्रधानन्यायधिश हुन भनि प्रश्न गरे ।
न्यायालय,अख्तियार र मानब अधिकार आयोगमा समेत सरकारको छाया परेको भन्दै उनले सुशिला कार्कीमाथिको महाभियोगमा कांग्रेस पनि चुकेको स्वीकार गरे ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य देबेन्द्रराज कंडेलले सन् १९५० को सन्धीको प्राबधानमा टेकेर आफ्नो लगानीमा भारतमा विद्यालय सञ्चालन गरेको भन्दै विद्यालयको अध्यक्ष भएकै भरमा आफूलाई भारतीय नागरीक भएको भनि झुठ्ठो प्रचार गरिएको बताए ।उनले आफूमाथि लगाइएको अभियोग प्रमाणित गरेर देखाउन चुनौती समेत दिए ।
कार्यक्रममा प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे आगामी निर्वाचनमा पार्टीले चुनाब जित्ने बताउदै एक अर्कालाई दोष दिएर संगठन बलियो नहुने बिचार व्यक्त गरे ।
प्रदेश नं ५ का प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस पाल्पाका सभापति बीरहादुर रानाले मुलुकमा व्यवस्था परिवर्तन भएर नयाँ संरचनाहरु बन्दै गरे पनि पुरानो मानसिकता र शैलीमा परिवर्तन नहुदा परिवर्तनले सार्थकता पाउन नसकेको भन्दै पुरानो मानसिकता र शैलीमा परिबर्तन ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संबैधानीक परिषदका पुर्व सदस्य तथा बरिष्ठ अधिबक्ता उपेन्द्रकेशरी न्यौपानेले केन्द्रले इग्नोर गर्ने र स्थानीय तहले नपत्याउने गरेका कारण प्रदेशको भूमिका संकटमा पर्न थालेको भन्दैै त्यस बिषयमा संघीय सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्ने बिचार व्यक्त गरे ।