नेपाली कांग्रेसले धरान उपमहानगरपालिका प्रमुख (मेयर) मा तिलक राईलाई अघि सारेको छ । यसअघि मेयरका लागि उम्मेवारी घोषणा गरेका सुजेन्द्र तामाङले तिलकलाई छाडिदिने घोषणासँगै उनी उम्मेदवार बन्ने बाटो खुलेको हो ।
सुनसरी जिल्ला कमिटीले तिलकलाई मेयरको उम्मेद्वार घोषणा गरिसके पनि पार्टी केन्द्रबाट भने औपचारिकता पाउन बाँकी नै छ । यसका लागि काठमाडौंमा आजै केन्द्रीय पदाधिकारीको बैठक डाकिएको छ ।
बैठकले कास्की क्षेत्र २ का लागि प्रतिनिधिसभाका उम्मेदवार पनि तय गर्नेछ । त्यसैगरी भक्तपुर, बाग्लुङ र दाङका तीनै प्रदेशसभाका उम्मेदवार पनि आजै टुंगो लगाउने कांग्रेसको तयारी छ ।
प्रदेशभन्दा ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षको उम्मेवारी प्रदेश र जिल्ला कमिटीबाटै टुंगो लगाइने कांग्रेसको तयारी छ ।