प्रदेश न १ का मुुख्यमन्त्री शेरधन राईले तिहार लगतै मन्त्रीमण्डल विस्तार हुुने बताएका छन् ।
विराटनगरमा आज संचारकर्मीसंग कुुरागर्दै तिहारपछि ११ सदस्य बनाइने गरी मंन्त्रीमण्डल विस्तार गरिने प्रष्ट पारे । करिब दुुईवर्ष अघि प्रदेश- १ मा पाँच सदस्यी मन्त्रीमण्डल गठन भएको थियो ।
मुख्यमन्त्री राईले अव वस्ने हिउँदे अधिवेशनले प्रदेशको नामांकन समेट टुुंगो लाग्ने बताए। प्रदेस न १ को राजधानीको विषय जसरी टंगो लागो त्यसैगरी दलहरुको सहमतीमा प्रदेशको नामाकंनको विषय टुुंगो लगाउने भन्दै त्यसका लागि आफूले गृहकार्य शुुरु गरेको बताए।
प्रतिपक्षदल लगायत सवैदल संग समन्वयगरी प्रदेसको नामांकन टुुंगो लाग्ने उनको भनाई थियो । मुख्यमन्त्री राई प्रदेशको आर्थिक समवृद्धिका लागी प्रदेश सरकारले लगानी सम्मेलनगर्न लागेको बताए। प्रदेशमा लगानीको वातावरण वन्दै गएकाले आन्तरिक तथा वाह्य लगानी भित्राउनका लागी प्रदेस सरकारले लगानी सम्मेलन गर्न लागेको उनको भनाई थियो ।