नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूलाई मन्त्री फेरबदलका विषयमा नसोध्न सञ्चारकर्मीहरुसँग आग्रह गरेका छन् ।
धनगढीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले यो विषय प्रधानमन्त्रीको रहेको भन्दै उनले मन्त्री फेरबदलका बारेमा आफूलाई नसोध्न आग्रह गरे । ‘सरकार फेरबदलको कुरा के हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले भने, ‘यो प्रश्न मलाई नसोध्दिए हुन्थ्यो भन्ने लाग्छ, यसमा ओलीजीले जे चाहनुहुन्छ त्यही हुन्छ ।’
उनका अनुसार मन्त्री फेरबदलबारे पार्टीमा कुनै छलफलै भएको छैन । उनले बाहिर चर्चा भएजस्तो मन्त्री फेरबदलका विषयमा कुनै तयारी पनि नभएको स्पष्ट पारे ।