बलात्कारकाे अभियाेग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले अझै औपचारिक रुपमा बयान लिएको छैन ।
गत १९ असोजमा पक्राउ परेका महरालाई गत मंगलवार अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो ।अदालतले अनुसन्धानको लागि प्रहरीलाई दिएकोे म्याद सकिन अब एक दिनमात्र बाँकी छ ।
प्रहरीले भने महरा बिरामी परेका कारण बयान लिन नसकिएको जनाएकाे छ ।उच्च रक्तचाप र स्वास्प्रश्वासकाे कारण देखाउँदै उनी नर्भिक अस्पतालमा उपचारकाे क्रममा रहेका छन् ।असोज १९ गते पक्राउ परेका उनी २३ गते देखि नर्भिकको क्याविनमा बसिरहेका छन्।
प्रहरी स्रोतका अनुसार महराले रोशनी शाहीको कोठामा गएकोे प्रारम्भिक सोधपुछका क्रममा स्वीकार गरेपनि सम्पूर्ण बयान भने सकिएको छैन ।
महरालाई काठमाडौं जिल्ला अदालतले मंगलबार थुनामै राखेर अनुसन्धान गर्न भन्दै १३ दिनको समय दिएको थियो । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरा गत १९ असोजमा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।