म्यानमार भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका समकक्षी उ विन मिन्टसँग द्विपक्षीय वार्ता गरेकी छन्। वार्ता प्रेसिडेन्सियल हाउसमा भएको थियो।
राष्ट्रपतिसँगको वार्तापछि भण्डारीले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गरेकी थिइन्। आजै म्यान्मार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुने कार्यक्रम छ ।
यसअघि म्यानमारको नेपित विमानस्थलमा पुग्दा भण्डारीलाई स्थानीय सेनाले सम्मान गारत अर्पण गरेको थियो। यस अवसरमा दुबै देशको राष्ट्रिय गानको धुन बजाइएको थियो भने राष्ट्रपति भण्डारीले सम्मान ग्रहण गर्दै त्यहाँको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन्।