गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य प्यानलबीच कडा प्रतिस्पर्धा हुने भएकाे छ।नेतृत्व चयनका लागि अहिले बेलुकी मतदान हुँदैछ ।
उमेदवारको अन्तिम नामावली अनुसार उपाध्यक्षमा नरेन्द्रबहादुर भाट, डा. बद्री केसी, मन केसी, धर्मराज अधिकारी, हिक्मतबहादुर थापा, किरणबिक्रम थापा, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा र डा.केशव पौडेलको उम्मेदवारी परेको छ। चार जना निर्वाचित हुने उपाध्यक्ष पदमा ९ जनाको उम्मेदवारी परेको हो ।
यस्तै गरी महिला उपाध्यक्ष र महासचिवमा पनि दुई दुई जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा रविना थापा र सपिला राजभण्डारीले उम्मेदवारी दिएका हुन् । त्यस्तै महासचिवमा जानकी गुरुङ र हेमराज थापाको उम्मेदवारी परेको छ ।
यसैगरी सचिव पदमा दीपकप्रसाद ओली, सुष्मा लिम्बु, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, आरके शर्मा र विनय अधिकारीले उम्मेदवारी परेकाे छ । ७ जनाको उम्मेदवारी परे पनि २ जना मात्र निर्वाचित हुने छन् ।त्यस्तै कोषाध्यक्षमा सोमनाथ सापकोटा, महेशकुमार श्रेष्ठ र सुदन थापाले उम्मेदवारी दिएका छन् ।
यस्तै सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल र गोविन्दप्रसाद गौतमको उम्मेदवारी परेको छ ।
यसैगरीमहिला संयोजकमा संगीता मरहट्टा,प्रमिला खड्का बस्नेत र भोमादेवी लिम्बुको उम्मेदवारी परेको छ भने युवा संयोजकमा स्वतन्त्रप्रताप थापा,हिमाल गुरुङ र सुदीप कार्कीले उम्मेदवारी दिएका छन्। दुबै प्यानलका नेतृत्वले आफूहरूले जित्ने दावी गरेका छन् ।