जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी गरेकाे छ ।
उनीविरूद्द ज्यान मार्ने उद्याेगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी परेपछि अदालतले पक्राउ पूर्जी जारी गरेकाे हाे ।
गत २०७४ बैशाखको स्थानीय निर्वाचन लगत्तै गौशालामा आफूमाथि भएकाे आक्रमणमा सांसद गुरूङकाे समेत संलग्नता रहेकाे भन्दै दोलखाका वीरध्वज खड्काले जाहेरी दिएका हुन् ।
जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको छ ।सांसद गुरुङले पनि आफूलाइ पक्राउ पूर्जी जानकारी आएकाे बताए ।
अदालतकाे पूर्जीपछि सांसद गुरूङलाइ पक्राउ गर्न प्रहरीलाइ बाटाे खुलेकाे छ । पछिल्लाे समय विभिन्न घटनामा आधा दर्जन सांसदहरू प्रहरीकाे नियन्त्रणमा रहेका छन् ।