राष्ट्रिय जनता पार्टी नेपालले नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापानको कुनै निम्तो नआएकाले सहभागी नभएको जनाएको छ ।
राजपाका महासचिव केशब झाले नेकपाले चियापानको निम्तो नआएका कारण सहभागी नभएको बताउनुभयो । दसैं तिहारलगायत चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न नेकपाले चियापाको आयोजना गरेको थियो ।
कार्यक्रममा राजपाका कुनै नेता कार्यकर्ता उपस्थित थिएनन् । तर, कांग्रेसको चियापानमा राजपा महन्थ ठाकुर सहभागी भएका थिए । चियापानमा राप्रपाका अध्यक्ष कमल थापा लगाएत अन्य साना दलका नेताहरु भने सहभागी थिए ।