गैरआवासीय नेपाली संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ। आज हुने निर्वाचनका लागि कुल आचार्यको टीमले अध्यक्ष, ५ उपाध्यक्ष, महासचिवलगायतका पदमा मनोनयन दर्ता गराएको छ।
मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्षमा उम्मेदवार आचार्यले संघलाई सबैको साझा बनाउन कसैको पनि प्रभाव र दबाबमा नपरी स्वतन्त्र ढंगले निर्णय गर्न आग्रह गरे।
निर्वाचन कार्यक्रमअनुसार अपरान्ह ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो। बेलुकी ५ बजेदेखि १० बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ। मतदान सकिएको केही समयमै मतगणना गरिने जनाइएको छ।