पूर्व अर्थमन्त्री मधुकरशमशेर राणाको निधन भएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार क्रममा उनको बुधबार निधन भएको हो।
राणाको जन्म सन् १९४१ मा भएको थियो।
२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएपछि गठित मन्त्रिपरिषद्मा राणालाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको थियो।