विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् ।
दलको मंगलबार भएको चुनावमा पाण्डे ५८ प्रतिशत मत प्राप्त गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । जसमध्ये नो-भोट ५ प्रतिशत खसेको थियो भने उनका प्रतिस्पर्धी शिवप्रसाद थापाले ३७ प्रतिशत मत पाए ।
दलको महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएका छन् ।