जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई ४ दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
प्रहरीले १० दिन माग गरे पनि अदालतले भने ४ दिनको म्याद दिइएको हो । म्याद थपपछि अदालत परिसरमै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले अदालतको निर्णय आफूलाई स्वीकार्य हुने बताए ।
सर्लाही निर्वाचन क्षेत्र १ बाट विजयी राजपाका सांसद साहमाथि जनकपुरबाट काठमाडौं जहाज उडान ढिला गरेको आक्रोशमा जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोप छ । प्रहरीले उनलाई हिजो (मंगलबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।