पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, रिक्त सभामुख पदका विषयमा समेत छलफल हुने जनाइएको छ।
आजकाे बैठकमा मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा पनि निर्णय हुन सक्ने जनाइएकाे छ। तर राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार भ्रमणमा निस्कने भएकाले यस विषयमा औपचारिक निर्णय हुने सम्भावना भने कम रहेकाे छ।
नेकपाले आजै दिउँसो विभिन्न चाडपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ।