काठमाडौंमा आजदेखि शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिस्कार गरेका छन् ।
सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्नेमा जोडदिदै आएका महतोले त्यसो नहुने देखेपछि संघको स्थापनाको उद्देश्य विपरीत राजनीतिक ध्रुवीकरण बढेको भन्दै सम्मेलन बहिस्कार गरेको उनी निकट स्राेतले बताएकाे छ । डा. महतोले आठौं विश्व सम्मेलनमा पनि अध्यक्षको लागि आफू चुनावको पक्षमा नरहेको सन्देश प्रवाह गरेका थिए । चुनाव नै गर्नु हुँदैन भन्ने मेरो भनाइ होइन’ महतोले भने, ‘यस पटक बढी नै हस्तक्षेप भएजस्तो लाग्यो ।’
दुई दिने सम्मेलनले आगामी दुई वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ । संघका उपाध्यक्षद्वय कुमार पन्तले वामपन्थी र कुल आचार्यले प्रजातान्त्रिक समूहबाट उम्मेदवारी घोषणा गरेका छन् ।होटल हायातमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सम्मेलनमा ८१ देशका २५ सय प्रतिनिधि सहभागी छन् ।