काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघको बिश्व सम्मेलनमा सोम सापकोटाले कोषाध्यक्षमा उम्मेद्वारी दिदैछन्। सापकोटा हाल अन्तराष्ट्रिय समन्वय परिषद्को सहकोषाध्यक्ष छन्।
सन् २००६ मा पोर्चुगलबाट गैरआवासीय नेपाली संघमा सापकोटाको यात्रा शुरु भएको हो। एनआरएनएमा १३ वर्षको यात्रामा उनले विभिन्न तह र पदीय जिम्मेवारीमा रहेर सफलतापूूर्बक काम गरिसकेका छन्। राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको कार्यकारी सदस्य (सन् २०००–२००७) हुँदै सन् २००९ देखि २०११ सम्म गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् डेनमार्कको संस्थापक अध्यक्ष हुन् उनी।
सन् २०११ देखि ०१३ सम्म अन्तर्रािष्ट्रय समन्वय परिषद्को सदस्य, सन् २०१३ देखि ०१५ सम्म अन्तराष्ट्रिय समन्वय परिषद् यूरोप क्षेत्रको उपसंयोजकको जिम्मेवारी निर्बाह गरिसकेका छन्। विगतको अनुभवलाई भरपुर उपयोग गर्दै आगामी दिनमा प्रवासमा बस्ने नेपाली र आफ्नो जन्मभूमी नेपालको हितमा परिणाममुखी काम गर्ने एनआरएनए बनाउने उनको योजना रहेको छ। नेपालमा पर्ने हरेक अप्ठ्यारा परिस्थितिमा एनआरएनए आशाको दियोका रुपमा उदाउने गरेको उनको अनुुभब छ। गैरआवासीय नेपाली र नेपालकै समृद्धिका लागि एनआरएनए दरिलो खम्बा बनेको सापकोटा बताउँछन्।
संस्थालाई थप उचाईमा पु¥याउनका लागि विभिन्न ८० वटा राष्ट्रिय समन्वय परिषद् अन्तर्रािष्ट्रय समन्वय परिषद्, नेपाल सरकार तथा नेपाली नियोग र दूतावासहरु, नेपाललाई सहयोग गर्ने दातृ निकायसँग निरन्तर समन्वयका लागि आगामी दिनमा आफूले थप पहल गर्ने उनले प्रतिबद्धता जनाए।
विदेशमा बस्ने नेपालीका साझा समस्याको पहिचान र दीर्घकालिन समाधान गर्न, वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका नेपालीको अवस्था सुधार गर्न, विदेशमा बस्ने नेपालीको सामूहिक लगानीको प्रत्याभूति गर्न र नेपालको पर्यटन, कला, संस्कृतिको बिकास तथा नेपालको पर्यटन प्रवद्र्धनका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनी बताउँछन्।
वैदेशिक रोजगारीमा गएका नेपाली समस्यामा परेको बेला एनआरएनएले वैदेशिक रोजगार कोषमार्फत सहयोग, उद्दार र राहतको व्यवस्था मिलाउने योजना उनले सुनाए। वैदेशिक रोजगारीको शिलशिलामा कागजी समस्या परेर विभिन्न देशका जेलमा परेका नेपाली नागरिकलाई सहयोग गरेर स्वदेश फिर्ताका लागि एनआरएनएलाई नेतृत्वदायी भूमिकामा क्रियाशिल पार्ने उनको भनाई छ।
त्यस्तै, राष्ट्रिय समन्वय परिषद् एनसिसीलाई आर्थिक पारदर्शी बनाउनका लागि आर्थिक विनियमावली बनाउने पनि सापकोटाले बताए।
एनआरएनएमा आर्थिक पारदर्शिता, आन्तरिक कोषको वृद्धि, एनआरएनएले सञ्चालन गरेका परोपकार योजनालाई थप प्रभावकारी बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए। त्यसका लागि सबै प्रकारका कोषलाई बढवा दिनका लागि विशेष योजना ल्याउने, घोषणा गरेर नउठेको रकम पनि उठाउन पहल गरी एनआरएनएलाई आर्थिक रुपमा सवल र सक्षम बनाउने आफ्नो प्राथमिकता रहेको सापकोटाले बताए।