जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेका सांसद प्रमोद साह पक्राउ परेका छन्।
प्रतिनिधि सभाका सांसद साहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो। काठमाडौंबाट ओखलढुंगा जाँदै गरेका साहलाई प्रहरीले पक्राउ गरेको हो।
राजपाका सांसद साहले बुद्ध एयरले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थमा रहेको सो एयरको काउन्टरमा तोडफोड गरेका थिए।