बम विस्फोटमा परेका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
बुधबार जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायाधीस चित्रबहादुर गुरुङको इजलासले उक्त अनुमति दिएको हो ।
प्रहरीले मंगलबार आलमलाई अदालतमा हाजिर गराएको थियो। १२ वर्षअघिको घटनामा आलम आइतबार पक्राउ परेका हुन्। आलम कांग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत हुन्।