बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बनमा परेको छ ।
संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार एक सूचना प्रकाशित गरी महरा निलम्बनमा परेको जानकारी गराएका हुन् ।
प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बनमा गर्ने व्यवस्था छ । निलम्बनमा परेसँगै उनको सेवासुविधा पनि रोक्का भएकाे छ ।
यौन दुर्व्यवहारको आरोप लागेपछि १५ असोजमा सभामुख पदबाट राजीनामा दिएका उनी १८ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ ।