बलात्कारकाे आराेपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ।
स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उनलाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ। अस्पतालका प्रवक्ता आरपी मैनालीका अनुसार महरालाई उच्च रक्तचापको समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको हो।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको हो। महराले आफूमाथि बलात्कारको प्रयास र हिंसा गरेको शाहीले आरोप लगाउँदै जाहेरी दिएकी छिन्।