बलत्कारकाे दावी भएकाे साता दिनपछि समातिएका पूर्व सभामुख कृष्णबहादुर महराको आइतबार राति नै शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।
सिंहदरबार वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै स्वासप्रस्वासको समस्या दखिएपछि स्वास्थ्य परीक्षण गरिएकाे हाे। उनलाई अहिले हिरासत कक्षमा नै अक्सिजन दिएर राखिएको छ।
दसैं बिदाका कारण अहिलेलाई उनीसँग नेपाल प्रहरीले मात्रै बयान लिने छ।प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परीक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ।
महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले महरालाई हिजाे सभामुखकाे सरकारी निवास बालुवाटारबाट नियन्त्रणमा लिएको थियाे।