संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी छन्।
पीडित रोशनी स्वयम् महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर तत्कालीन सभामुख महराविरुद्ध बलात्कार प्रयासको कसूरमा शनिबार किटानी जाहेरी दिएकी हुन्। यस सम्बन्धी थप कारबाही प्रक्रिया आइतबार अगाडि बढाउँने प्रहरीले जनाएकाे छ।
गत आइतबार राति महराले रोशनीको कोठामै गएर यौन दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि सोमबार दिउँसो उनले सभामुख पदबाट राजीनामा दिएका थिए। शाहीले १३ असोजमा महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै सञ्चारमाध्यममार्फत सार्वजनिक गरेकी थिइन्।
किटानी जाहेरीपछि उनीमाथिको छानबिन प्रक्रिया अगाडि बढाइने छ। उनको राजीनामा स्वीकृत भइसकेको छ। तर सांसद पद भने यथावत छ।अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरीले महरा र पीडित रोशनी तथा बरामद सामानको फरेन्सिक जाँचको तयारीसमेत गरेको छ।