आफ्नो मालिकलाई चितुवाको आक्रमणबाट बचाउने ‘टाइगर’ नामको कुकुरलाई दार्जिलिङमा विरता अवार्ड दिइएको छ।
उक्त कुकुरले एक महिनाअघि सोनादा नयाँ गाउँ क्षेत्रका अरुणा लामालाई जंगली चितुवाको आक्रमणबाट बचाएको थियो। कुकुरलाई आइतबार दार्जिलिङ फेस्टको डग सो मा विरता अवार्डले सम्मानित गरिएको हो।
गत अगष्ट १ का दिन उक्त कुकुरले लामालाई चितुवाको आक्रमणबाट बचाउन सफल भएको थियो। उक्त दिन चितुवाले लामा परिवारको भान्साकोठा मुनि स्टोर रुममा बसेको थियो। छोरीसँगै चिया पिइरहेको बेला स्टोर रुमबाट आएको अनौठो आवाज आएपछि अरुणा त्यसतर्फ गइन्। दैलोबाट चिहाइरहेका बेला एक्कासी चितुवाले आक्रमण गरयाे त्यसपछि उनले मद्दतका लागि कराएपछि छोरी तल आईन्। ,उनीसँगै टाइगरले सोझै चितुवामाथि आक्रमण ग¥यो। र, एकैछिनमा चितुवालाई पराजित गरी चितुवा भाग्यो। आफ्नो मालिकहरुका लागि वातावरण सुरक्षित बनेपछि मात्र टाइगर घर फर्किएको थियो। (स्रोतः गोर्खाल्याण्ड २४x७)